दुई दिनको अवधिमा बैतडीका ३ पालिकामा ५२५२ जनालाई भेरोसेल खोपको पहिलो मात्रा लगाइयो

कोरोना भाइरस विरुद्धको दोस्रो चरणको पहिलो मात्राको खोप अभियान सम्पन्न

#vaccinated_today
फाइल तस्बिर

बैतडी: बैतडीका तीन वटा पालिकामा कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको दोस्रो चरणको पहिलो मात्राको खोप अभियान सम्पन्न भएको छ ।

बैतडीको पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका र डिलासैनी गाउँपालिकामा आज सोमबार कोरोना भाइरस विरुद्धको दोस्रो चरणको भेरोसेल खोपको पहिलो मात्रा लगाइए सँगै बैतडीका यी तीन वटा पालिकाहरूमा सञ्चालित खोप अभियान सम्पन्न भएको हो ।

पाटन नगरपालिका , डिलासैनी गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा यही साउन १७ गते आइतबार र साउन १८ गते सोमबार गरी दुई दिन भेरोसेल खोपको पहिलो मात्राको खोप लक्षित समूहलाई लगाइएको हो । यसैबिच आज सोमबार बैतडीको पाटन नगरपालिकामा ७१३ जना , दोगडाकेदार गाउँपालिकामा ९२७ जना र डिलासैनी गाउँपालिकामा ६१० जनाले कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् ।

यस्तै आइतबार र सोमबार गरी बैतडीको पाटन नगरपालिकामा कुल २२८४ जनाले कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् भने डिलासैनी गाउँपालिकामा १४१८ जना र दोगडाकेदार गाउँपालिकामा १५५० जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

यो दुई दिनको अवधिमा बैतडीको पाटन नगरपालिका डिलासैनी गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा गरी कुल ५२५२ जनालाई कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश भट्टले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार