कोरोनाले कमजोर बनाएको शरीरमा यसरी ल्याउनुस् स्फुर्ति

शरीरलाई तन्दुरुस्त राख्नु अत्यन्तै जरूरी

शरीरमा यसरी ल्याउनुस् स्फुर्ति

कोरोना संक्रमित भएर निको भएपछि शरीरलाई तन्दुरुस्त राख्नु अत्यन्तै जरूरी छ ।

निको भएपछि पनि कम्तीमा एक हप्ता पूरा आराम गर्नुपर्छ । त्यसबीचमा प्रशस्त पानी पिउनुपर्छ र शरीरलाई हाइड्रेट राखिरहनुपर्छ । दिनको चार लिटर पानी पिउनुपर्छ । अनि नरिवल पानी, कागती पानी र ग्लुकोजको घोल पिउनुपर्छ ।

कोरोनाको सबभन्दा बढी असर फोक्सोमा पर्छ । फोक्सो स्वस्थ राख्नका लागि योग र प्राणायाम उत्तम विकल्प हुन् । प्राणायाम गर्दा श्वासनली स्वस्थ रहन्छ र रक्तसञ्चार पनि सही रहन्छ ।

निको हुनेबित्तिकै व्यायाम गर्न नथाल्नुस् । पहिला चिकित्सकसँग स्वास्थ्य परामर्श लिनुस् । रक्तचाप र चिनीको मात्रा चेक गराउनुस् । स्वास्थ्य सही छ भन्ने लागेपछि मात्र व्यायाम गर्नुस् ।

व्यायामका साथै सन्तुलित आहार लिनुपर्छ । खानामा पर्याप्त कार्बोहाइड्रेट, भिटामिन र प्रोटीन हुनुपर्छ ।

मौसमी फलफूल अवश्य खानुस् । अमला, कागती, सुन्तला जस्ता भिटामिन सी भरपूर भएका फल खाने गर्नुस् ।

जंक फूड र तारेको खानेकुरा खाँदै नखानुस् । चिनी कम मात्र खानुस् । प्राकृतिक चिनी भएको फल र ड्राई फ्रुट खानुस् ।

शारीरिक तन्दुरुस्तीका साथै मानसिक स्वास्थ्य पनि आवश्यक हुन्छ । मनलाई शान्त पार्न खाली समयमा आफ्नो रुचिको काम गर्नुस् । व्यायाम गर्दा पनि सकारात्मक ऊर्जा पाइन्छ र दिमाग स्थिर रहन्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार