आज कुन-कुन नदीमा बाढी आउनसक्छ ?

बाढी पूर्वानुमान महाशाखा

सिन्धुपाल्चोक बाढी
फाइल तस्बिर/सिन्धुपाल्चोक बाढी
प्रकाशित : :

आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यिनका सहायक नदीमा बहाव सामान्य रहेको तथा सबैमा सतर्कता तहभन्दा तलै रहेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज महाकाली, नारायणी र कोशीका सहायक नदी विशेषगरी तमोर, लिखु, खिम्ती, सुनकोशी, अरुण, कालीगण्डकी, बुढीगण्डकीमा बहाब बढ्नेछ ।

पाँचथर, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, पर्सा, सिरहा, सप्तरी, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, म्याग्दी, पर्वत, स्याङ्जा, नवलपुर, नवलपरासी, दार्चुला, बैतडी, डडेलधुरा र अछाम जिल्ला भइ बहने ससाना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुनसक्ने पूर्वानुमान छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट