यी हुन् बिहान सबेरै उठ्दा हुने फाइदा

धेरैको दैनिकी अस्तव्यस्त

बिहान सबेरै उठ्दा

अहिले धेरैको निद्रा विथोलेको छ, सोसल मिडिया, टेलिभिजन लगायतले। राती ओछ्यानमा पुगेपछि कोही फेसबुक चलाउन थाल्छन् त कोही युट्युबमा भिडियो हेर्न थाल्छन् । रातभर यस्तै काममा तल्लिन भएपछि विहान चाडै उठ्न संभव भएन । त्यही कारण विहान अबेरसम्म सुत्ने गर्छन् ।

यस्तो बानीले धेरैको दैनिकी अस्तव्यस्त बनाएको छ । कतिबेला सुत्ने र कतिबेला उठ्ने आफ्नो दैनिक तालिका कमैले मात्र बनाएका हुन्छन् । धेरैले यसरी समय निर्धारित गरेका हुँदैनन् ।

यस्तो अस्तव्यस्त दैनिकीले मानिसको दिनचर्या त खराब हुन्छ नै, साथै उनीहरु कैयौं खालका शारीरिक रोगहरुको चपेटामा पर्छन् ।

बिहान अबेरसम्म सुत्ने मानिसहरुमा मानसिक रोग, मोटोपना, आलस्यता, मुटुरोग जस्ता विभिन्न समस्या निम्तन सक्छन् । दिनभरको थकानले शरीरको नराम्रो हालत हुन थाल्छ । समयमै सुत्ने र समयमै उठ्ने गर्नाले यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ ।

एक वैज्ञानिक अध्ययनको अनुसार जो मानिस बिहान छिट्टै उठ्छन् उनीहरुमा डिप्रेशनको सम्भावना पनि धेरै नै कम हुन्छ ।

शोधको नेतृत्वगरेका कोलोराडो बोल्डर युनिभर्सिटीका डाइरेक्टर सेलिन वेटरका अनुसार विहान छिटै उठ्नाले थुप्रै स्वास्थ्य लाभ हुन सक्छ । छिट्टै उठ्न थालेको केही दिनमै यसको असर देख्न सकिन्छ ।

अध्ययनबाट जो मानिस ढिलोसम्म सुत्छन् वा राती धेरै बेरसम्म सुत्दैनन् उनीहरुमा डिप्रेशनको समस्या दुईगुणा बढी हुने तथ्य पनि अगाडि आएको छ ।

राती अबेरसम्म नसुत्ने मानिसमा धुमपान गर्ने वा अनियमित निन्द्राको परम्परा विकसित हुन थाल्छ । निन्द्राको कमी, एक्सरसाइजको अभाव, सँधै घरभित्र रहने र धेरै समय अध्याँरोमा बिताउनाले डिपे्रशन सहित अन्य विभिन्न रोगहरुको जोखिम बढाउँछ ।

यो अध्ययनको प्रकाशन ‘साइकेट्रिक रिसर्च’ नामक पत्रिकामा गरिएको छ । यो शोधको लागि वेटरको टिमले ‘क्रोनोटाइप’ अर्थात रातमा जाग्नेहरुको डिपे्रशनको जोखिम बीच सम्बन्ध पत्ता लगाउन ३२ हजार महिला नर्सहरुको तथ्यांकको विश्लेषण गरेको थियो ।

यसमा २४ घन्टाको समयमा व्यक्तिको निन्द्राको प्रवृत्ति, सुत्ने जाग्ने रुची र मनोविकार समावेश छन् ।

वेटरले भनेका छन्, ‘हाम्रो परिणाम क्रोनोटाइप र डिपे्रशनको जोखिम बीच सामान्य सम्बन्ध देखाउँछ । यो क्रोनोटाइप र मनोदशासँग जोडिएको अनुवांशिक मार्गको ओभरल्यापसँग सम्बन्धित हुन सक्छ ।’

ब्रह्म मुहुर्त अर्थात सुर्य उदाउन भन्दा पहिले उठ्नाको धेरै लाभ छन् । जसबाट ढिलो सम्म सुत्ने मानिस बञ्चित भइरहेका छन् ।

यदि तपाई विहान चाँडै नै उठ्नुहुन्छ र घरबाट निस्केर थोरै समय हिँडडुल गर्नुहुन्छ वा एक्सरसाइज गर्नुहुन्छ भने यसबाट कैयौं लाभपाउन सक्नुहुन्छ ।

१. बिहान सबेरै उठेमा ताजा र शुद्ध हावा मिल्छ जसले तपाईंको फोक्सो स्वस्थ हुन्छ । शुद्ध अक्सिजन शरीरलाई स्वस्थ राख्नको लागि जरुरी छ ।

२. जो मानिस विहान छिटै उठेर एक्सरसाइज गर्छन् उनीहरुमा मुटुरोगको सम्भावना धेरै कम हुन्छ । शरीरमा रक्त सञ्चार पनि सहि रहन्छ । ब्लडप्रेसरको समस्या निम्तिदैन ।

३. बिहान छिटै उठ्नाले डिप्रेशनको समस्या हुँदैन । योगा र प्राणायाम गर्नाले मानसिक रोगहरु टाढा हुन्छन् ।

४. बिहान उठ्नु केवल स्वास्थ्यको लागि राम्रो हुँदैन बरु यसले सामाजिक भावना पनि जोडिराख्छ । बिहानै उठेर हिँडडुल गर्नाले नयाँ नयाँ मानिसहरुसँग भेट हुन्छ र नयाँ विचारहरुको आदानप्रदान हुन्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार