विद्युतीय धरापमा परेर बैतडीमा एकैघरका दुई जनाको मृत्यु

एकैघरका दुई जनाको मृत्यु

विद्युतीय धरापमा परेर बैतडीमा दुई जनाको मृत्यु
प्रकाशित : :

बैतडी: बैतडीमा करेन्ट लागेर एकैघरका दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको सुर्नया गाउँपालिका ५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्दको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । बुधवार राती सवा ९ बजेतिर दुवै जनालाई करेन्ट लागेको बताइएको छ ।

उनीहरूलाई जंगली बँदेलका लागि थापेको विद्युतीय धरापमा परेर करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक ओझाले बताए । मृतक दुवै जना सहोदर दाजुभाइ हुन् । घटनाका विषयमा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट टोली खटाइएको प्रहरीले जनाएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट