साउन २३ गते धनगढी-गोदावरी साइकल र्‍याली २०७८ हुने !

र्‍याली शनिवार बिहान ७ बजे धनगढीको चौराहाबाट सुरु भएर गोदावरी पुग्ने

शनिबार धनगढी-गोदावरी साईकल -याली २०७८ हुने

धनगढी: साउन २३ गते शनिवार धनगढी-गोदावरी साइकल र्‍याली २०७८ हुने भएको छ । आरडि कालिका सप्लायर्स प्रालि धनगढीको आयोजनामा हुन लागेको शुक्रवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

स्वास्थ्य जीवन वातावरण संरक्षण तथा प्रवद्धृनका लागि साईक्लिङ्ग भन्ने नाराका साथ साइकल र्‍यालीको आयोजना हुन लागेको हो । सो कार्यक्रमलाई प्रीत ट्याक्टर सुदूरपश्चिम प्रदेश धनगढीले प्रायोजन गरेको छ भने फारवेस्र्टन राईडर्स क्लब एवं धनगढी उपमहानगरपालिकाको सहयोग र समन्वयमा साइकल-याली हुन लागेको आयोजकले जनाएको छ ।

फारवेस्र्टन राईडर्स क्लबका अध्यक्ष भरत शाहका अनुसार शनिवार बिहान ७ बजे धनगढीको चौराहाबाट सुरु भएर गोदावरी पुग्ने जनाएको छ । त्यहाँ पुगेपछि गोदावरी क्षेत्रको सरसफाइ गर्ने कार्यक्रम समेत तय भएको उनले बताए ।

पछिल्लो पटक पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै गोदावरी क्षेत्रको पिकनिक स्पट फोहोर भएकोले पनि सरसफाइ गर्ने कार्यतालिका रहेको जनाएको छ । सो साइकल र्‍यालीमा विश्व साइकल यात्री पुष्कर शाह,ओलम्पियन दीपक विष्टको समेत सहभागिता रहने जनाएको छ ।

May be an image of text that says 'PREET SERVING NGFARMING SECTOR SINCE 980 स्वस्थ जिवन, वातावरण संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि साईक्लिड" प्रित ट्रायक्टर सुदूरपश्चिम प्रदेश घनगढी कैलाली प्रायोजित. तथा फरवेस्टर्न राईडर्स क्लब एवं धनगढी उप- महानगर पालिकाको गसमनवयमा आयोजना हुने धनगदी गोदावरी साईकल न्याली २०७८ PREET शरावण શ३ गते शनिवार बिहान ७: 00 बजे चौराहा बाट বিशব साईकल यात्री पुष्कर शाह पत्रकार सम्मेलन ओलम्पियन दिपक विष्ट -২०७ श्रावण হ২ गते आयोजक: आर.डि. कालिका सप्लायर्स प्रा.लि. धनगढी,कैलाली'

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार