शनिवार धनगढीमा हुने रक्तदान कार्यक्रममा सहभागी भई जीवनदान गर्न बैतडी समाज कैलालीको अपिल

रक्तदान कार्यक्रमको सम्पूर्ण तयारी पुरा

वृहत रक्तदान कार्यक्रम

धनगढी: बैतडी समाज कैलालीले भोलि धनगढीमा आयोजना गर्ने छैैटौं वृहत् रक्तदान कार्यक्रमको तयारी पुरा भएको छ । ”रक्तदान, जीवन दान” भन्ने नारा सहित समाजले भोलि आयोजना गर्ने रक्तदान कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको हो ।

रगत अभावलाई मध्यनजर गर्दै आयोजना गरिएको रक्तदान कार्यक्रम भोलि बिहान साढे ७ बजेदेखि धनगढी स्थित समाजको सचिवालय रहेको पदमा नर्सिङ कलेजको प्राङ्गणमा हुने आयोजक बैतडी समाज कैलालीले जनाएको छ ।

रक्तदान कार्यक्रमका संयोजक राज बहादुर चन्दले शनिवार आयोजना गरिएको रक्तदान कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । उनले कोरोना कहरको यो अत्यासलाग्दो समयमा मानव जीवनलाई बचाउन रक्त सञ्चार केन्द्रहरूमा रगतको झन् बढी आवश्यकता रहेकोले सबैले जागरूक भएर रक्तदान गर्न हुन सम्पूर्ण रक्तदाताहरूलाई अपिल गरेका छन् ।

रक्तदान जस्तो बहुमूल्य र पुण्य काम अरू कुनै नभएकाले समाजले गरेका यस अघिका रक्तदान कार्यक्रममा झैँ यो कार्यक्रममा पनि उल्लेख्य रूपमा रक्तदाताहरू सहभागी हुने आफूहरूले विश्वास लिएको कार्यक्रमका संयोजक चन्दले बताए । रक्तदान कार्यक्रममा सहभागी भई रगत दान गर्दै जीवन दान गर्न सबैमा उनले आग्रह समेत गरेका छन् ।

बैतडी समाज कैलालीले वर्षको दुई पटक रक्तदान कार्यक्रम र एक पटक पुर्ख्यौली थलो बैतडीको दुर्गम ठाउँमा हरेक वर्ष बृहत् स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ । तर यस पटक कोरोना महामारीले पुर्ख्यौली थलो बैतडीको दुर्गम ठाउँमा सञ्चालन गरिने स्वास्थ्य शिविर आयोजना गर्न नसकिएको बैतडी समाजले जनाएको छ ।

बैतडी पुर्ख्यौली घर भई कैलालीमा बस्दै आएकाहरूले सङ्गठित भई स्थापना गरेको बैतडी समाज बेला बखत विभिन्न किसिमका सामाजिक कार्य गर्दै आएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार