बैतडी समाज कैलालीद्वारा आयोजित छैटौँ वृहत् रक्तदान कार्यक्रममा ७७ पिन्ट रगत सङ्कलन !

वृहत् रक्तदान कार्यक्रममा ७७ जनाले गरे रगत दान

वृहत रक्तदान कार्यक्रम

धनगढी: बैतडी समाज कैलालीले धनगढीमा आयोजना गरेको छैटौँ वृहत् रक्तदान कार्यक्रममा ७७ जनाले रगत दान गरेका छन् । शनिवार समाजको धनगढी स्थित सचिवालय रहेको पदमा नर्सिङ कलेजको प्राङ्गणमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७७ जनाले रगत दान गरेका हुन ।

समाजले आफ्नो नियमित कार्यक्रम अनुसार आज रक्तदान कार्यक्रम सम्पन्न गरिएको संयोजक राज बहादुर चन्दले जानकारी दिए । उनका अनुसार आज बिहानदेखि सुरु भएको रक्तदान कार्यक्रममा ७७ जना रक्तदाताहरूले रगत दान गरेका हुन ।

No description available.

यस्तै कार्यक्रमका संयोजक चन्दले आजको रक्तदान कार्यक्रममा रगत दान गरेर पुण्यको काम गर्ने सम्पूर्ण रक्तदाताहरूलाई धन्यवाद ज्ञापन गरेका छन् । विगतका वर्ष झैँ यो पटकको रक्तदान कार्यक्रमलाई पनि सभ्य र भव्य रूपमा सफल पार्ने सम्पूर्णलाई उनले धन्यवाद दिएका हुन।

No description available.

यसै गरी आजको रक्तदान कार्यक्रमका सहभागीहरूलाई खिर, पुरी, जुस र फलफूलको व्यवस्था गरेर सहयोग गर्ने सहयोगी हातहरूलाई पनि चन्दले धन्यवाद दिएका छन् । आगामी दिनहरूमा आयोजना गरिने कार्यक्रममा पनि सबैको आ-आफ्नो तर्फबाट यस्तै सहयोगको अपेक्षा गरिएको आयोजक बैतडी समाज कैलालीले जनाएको छ ।

बैतडी पुर्ख्यौली घर भई कैलालीमा बस्दै आएकाहरूले सङ्गठित भई स्थापना गरेको बैतडी समाज बेला बखत विभिन्न किसिमका सामाजिक कार्य गर्दै आएको छ ।

No description available.

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार