‘द भ्वाइस अफ नेपाल सिजन ३’ को उपाधि जिते किरण गजमेरले (भिडियो)

भूटानी शरणार्थीका लागि एम्बुलेन्स किनिदिने

'द भ्वाइस अफ नेपाल सिजन ३'

काठमाडौं: चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को उपाधि किरण गजमेरले हात पारेका छन् । शनिवार भएको ग्राण्ड फिनालेमा भ्वाइस अफको उपाधि भूटानी शरणार्थी युवा किरण गजमेरले जितेको घोषणा गरिएको हो ।

गायक प्रमोद खरेलको टिममा रहेका गजमेरले अन्य ३ प्रतिस्पर्धी आर्यन राई, ज्वाला राई र तरा श्रीष मगरलाई पछि पार्दै उपाधि जितेका हुन् । उनले भोटका आधारमा उपाधि जितेका उनले २५ लाख रुपैयाँ पनि पाएका छन् ।

उपाधि जितेपछि उनले आफुले पाएको २५ लाख रुपैयाँ पूर्वमा रहेका भूटानी शरणार्थीका लागि एम्बुलेन्स खरिद गरिदिने बताएका छन् । अन्तिम टप-४ मा तारा टीम राजुबाट थिइन् भने ज्वाला टीम तृष्णाबाट र आर्यन टीम दीपबाट थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार