हामीलाई किन आउँछ हाच्छ्युँ, हाच्छ्युँ गर्दा शुभ-अशुभ मान्नु सही कि गलत ?

हाच्छ्युँ आउनु एक शारीरिक प्रक्रिया हो !

हाच्छ्युँ आउनु

हाच्छ्युँ आउनु एक शारीरिक प्रक्रिया हो । यसलाई राम्रो र नराम्रो संकेतका रूपमा हेर्ने गरिन्छ । गलत समयमा हाच्छ्युँ गर्दा अशुभ हुन्छ भनेर कोहीकोही रोक्न खोज्छन् । तर यसो गर्नु गलत हो । हाच्छ्युँ रोक्दा शरीरलाई नोक्सानी हुन्छ ।

रुघा लाग्दा तारन्तार हाच्छ्युँ आउँछ । तर हाच्छ्युँको यति मात्र कारण छैन । हाम्रो शरीरको रोगप्रतिरोधात्मक क्षमताकै एक अंग हो हाच्छ्युँ । फोक्सोबाट हावा नाक र मुखको बाटो हुँदै तीव्र गतिमा बाहिर आउँछ ।

नाकमा बाहिरी कण घुस्दा नाकको झिल्ली चिलाउँछ वा फुल्छ । यसो हुँदा नाकले यो सन्देश मस्तिष्कसम्म लग्छ र मस्तिष्कले नै कणलाई शरीरबाहिर मांसपेशीहरूलाई हटाउन आदेश दिन्छ । हाच्छ्युँको माध्यमले यस्ता हानिकारक कणलाई शरीरबाट बाहिर निकाल्छ ।

हाच्छ्युँ गर्दा शरीरका पेट, छाती, डायाफ्राम, गला र आँखाहरू सक्रिय हुन्छन् । यिनीहरूको संयुक्त प्रयासले अवाञ्छित कणलाई शरीरबाहिर निकाल्छन् ।

हाच्छ्युँको गति सय माइल प्रतिघन्टा हुन्छ र यसका साथ करीब एक लाख कीटाणु बाहिर आउँछन् । निद्रामा हाच्छ्युँ आउँदैन किनकि सुत्दाखेरी हाच्छ्युँ गराउने नसाहरू आराम गरिरहेका हुन्छन् ।

शुभ वा अशुभको पछि लागेर हाच्छ्युँ रोक्न खोज्दा घातक परिणाम हुन्छ । यसरी रोक्न खोज्दा बाहिर निस्कनुपर्ने हावा अन्य अंगतिर मोडिन्छ । सबभन्दा बढी हानि कानको जालीलाई पुग्छ । आँखा र गर्दनमा पनि नकारात्मक असर पुग्छ । लगातार यसो गर्दा हृदयघात र दिमागमा क्षतिसम्म हुनसक्छ ।

त्यसैले तपाईं कहिलेपनि हाच्छ्युँ नरोक्नुस् । यसलाई शरीरको प्राकृतिक प्रक्रियाकै रूपमा लिनुस् । भीडभाडमा हुनुहुन्छ भने बरू हाच्छ्युँ गर्ने बेलामा नाकमुखमा रुमाल राख्नुस् । त्यसो गर्दा अन्य व्यक्तिलाई संक्रमण हुन पाउँदैन अनि तपाईंको स्वास्थ्य पनि सुरक्षित रहन्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार