धनगढी ट्राफिकको पनि तपाईँको मास्क खोइ अभियान (फोटो समाचार)

नेपाल मास्क अभियान

धनगढी ट्राफिकको पनि तपाईँको मास्क खोइ अभियान
धनगढीः शनिवारदेखि देशभर सञ्चालन गरिएको नेपाल मास्क अभियान अन्तर्गत सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम कैलालीको धनगढीमा पनि सुरुवात गरिएको छ ।
मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्न सकियोस् भन्ने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा यही साउन २३ देखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गर्न गराउन परिपत्र गरिएपछि अहिले देशभर यो अभियान सञ्चालन गर्न थालिएको हो ।
स्वास्थ्य मन्त्रालयले सञ्चालनमा ल्याएको कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा धनगढी उप-महानगरपालिकाका बजार क्षेत्र र अत्तरिया मोहना ६ लेन सडक खण्डमा सो कार्यक्रम गरिएको छ ।
विश्वव्यापिरुपमा फैलिरहेको कोभिड १९ बाट आफू पनि बाँचौँ र अरूलाई पनि बचाऔँ भन्ने हेतुले विभिन्न ‘स्लोगन्’ सहितका प्लेकार्ड तयार पारि सचेतना फैलाउनुका साथै सम्झाई बुझाई गरी मास्क समेत वितरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ । बाँकी तस्बिरमा…
May be an image of ५ people, people sitting and people standing
May be an image of 1 person, motorcycle and road
May be an image of 1 person, sitting, motorcycle and road
May be an image of ३ people, people standing and outdoors
May be an image of २ people, people standing and outdoors
May be an image of २ people, people riding motorcycles, people sitting, motorcycle and road
May be an image of 1 person, motorcycle and outdoors
May be an image of 1 person, standing, motorcycle and road
May be an image of outdoors
May be an image of ३ people, people standing, motorcycle and road

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार