सशस्त्र प्रहरी सहायक निरीक्षकको आधारभूत तालिममा चन्द्रा वली सर्वोत्कृष्ट !

सशस्त्र प्रहरी सहायक निरीक्षक चन्द्रा वली सर्वोत्कृष्ट

सशस्त्र प्रहरी सहायक निरीक्षकको आधारभूत तालिममा धनगढीकी चन्द्रा वली सर्वोत्कृष्ट !

धनगढी: सशस्त्र प्रहरी सहायक निरीक्षकको आधारभूत तालिममा सशस्त्र प्रहरी सहायक निरीक्षक चन्द्रा वली सर्वोत्कृष्ट बनेकी छन् ।

गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान माता तीर्थ काठमाडौँमा सञ्चालित सी.सं. १४ (क) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोह आइतबार सम्पन्न भएको हो ।

सो अवसरमा समारोहका प्रमुख अतिथि गृहमन्त्री खाणले उक्त तालिममा सर्वोत्कृष्ट भएकी सशस्त्र प्रहरी सहायक निरीक्षक चन्द्रा वलीलाई खुकुरी प्रदान गरे ।

समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले कर्तव्यपालनको सिलसिलामा राष्ट्र र नागरिकको सेवा र सुरक्षाको खातिर आफ्नो प्राणको समेत आहुति दिनुभएका सशस्त्र प्रहरी महानिरीक्षक स्व। कृष्ण मोहन श्रेष्ठ लगायत अमर सशस्त्र प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको योगदानको स्मरण गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार