जंगली बँदेलको आक्रमणबाट बैतडीमा प्रहरी हवलदार घाइते

बँदेलको आक्रमणबाट एकजना प्रहरी हवलदार घाइते

जङ्गली बँदेल

बैतडी: बैतडीमा जंगली बँदेलको आक्रमणबाट एकजना प्रहरी हवलदार घाइते भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका ४ का राम लुहार जंगली बँदेलको आक्रमणमा परी घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

आइतबार बिहान घर नजिकैको बारीमा काम गर्न जाँदा लुहारलाई जंगली बँदेलले आक्रमण गरेको थियो । लुहारको हात र खुट्टमा चोट रहेको बताइएको छ ।

घाइते लुहारको जिल्ला अस्पताल बैतडीमा समान्य उपचार पछि थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरी निरीक्षक ओझाले बताए । लुहार महानगरीय प्रहरी कार्यालय काठमाडौँ रानीपोखरीमा कार्यरत रहेका र बिदामा घर आएका बताइएको छ ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार