आज २७ औं विश्व आदिवासी दिवस, भर्चुअल माध्यमबाट कार्यक्रम गर्ने

‘कसैलाई पछाडि नछोडौँ : आदिवासी जनजाति र नयाँ समाजिक सहमतिको आह्वान ’

विश्व आदिवासी दिवस
प्रकाशित : :

काठमाडौं : आज २७ औं विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ र महासंघमा आवद्ध विभिन्न जातिय संघसंस्थाले कार्यक्रमहरु आयोजना गर्दैछन्। विगतका वर्षहरुमा झाँकीसहितको र्‍याली निकाल्ने तथा सभा समारोह आयोजना गरी दिवस मनाउने गरिएपनि कोरोनाका कारण गत वर्षदेखि औपचारिक कार्यक्रम नगरी भर्चुअल माध्यमबाट कार्यक्रम गर्ने गरिएको महासंघका उपाध्यक्ष गोविन्द छत्यालले जानकारी दिए।

यो वर्ष ‘कसैलाई पछाडि नछोडौँ : आदिवासी जनजाति र नयाँ समाजिक सहमतिको आह्वान ’ भन्ने अन्तराष्ट्रिय नारा तय गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघले भने ‘पहिचानसहितको संघीयता र स्वायत्तताका लागि संविधान संशोधन हाम्रो अभियान, धर्मनिरपेक्षता र पुर्ण समानुपातिक व्यवस्थाका लागि २७ औं विश्व आदिवासी दिवस हाम्रो आन्दोलन’ भन्ने नारा बनाइएको छ।

हरेक वर्ष अगष्ट ९ का दिन संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभर आदिवासी जनजाति दिवस मनाउने गरिन्छ। सन् १९९५ देखि यो दिवस रुपमा मनाउन थालिएको हो ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट