बितेको २४ घण्टामा विश्वमा ४ लाख ६९ हजार बढीमा कोरोना पुष्टि, मृतकको संख्या कति ?

सबैभन्दा बढी संक्रमित भारतमा

कोरोना संक्रमित

काठमाडौं: पछिल्लो चौबीस घण्टामा विश्वमा ४ लाख ६९ हजार ५९४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । वल्डोमीटर्सको तथ्याङ्कअनुसार पछिल्लो चौबीस घण्टामा सबैभन्दा बढी संक्रमित भारतमा ३६ हजार ३५ जना संक्रमित थपिएका छन् ।

सोही अवधिमा बेलायतमा २७ हजार ४२९, इन्डोनेसियामा २६ हजार ४१५ र अमेरिकामा २४ हजार २८३ जना संक्रमित थपिएका छन् । योसँगै विश्वमा कुल सङ्क्रमितको संख्या २० करोड ३४ लाख ४ हजार ८६ पुगेको छ ।

साथै विश्वमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ४३ लाख नाघेको छ । पछिल्लो चौबीस घण्टामा विश्वमा थप ७ हजार ९०१ जनाको मृत्यु भएको छ । यो सँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ लाख ६ हजार ९४१ पुगेको छ ।

वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो चौबीस घण्टामा सबैभन्दा बढीको मृत्यु इन्डोनेसियामा एकहजार ४९८ जनाको भएको छ । यस्तै रुसमा ७८७, भारतमा ४४७, ब्राजिलमा ३८८, इरानमा ५४२, मेक्सिकोमा ५१५, मलेसियामा ३६०, म्यानमारमा २५०, कोलम्बियमा १८१ र अर्जेन्टिनामा १५७ जनाको मृत्यु भएको छ ।

विश्वमा रहेका कुल कोरोना संक्रमितमध्ये २.११ प्रतिशतको मृत्यु भएको छ । हालसम्म विश्वमा २० सबैभन्दा बढीको मृत्यु अमेरिकामा ६ लाख ३३ हजार ११५ जनाको भएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार