मोटरसाइलको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु

मोटरसाइलको ठक्करबाट एक जनाको मृत्यु

मृत्यु

धनगढी: कैलालीमा मोटरसाइलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बर्दगोरिया गाउँपालिका-१ स्थित पूर्वपश्चिम राजमार्गमा से७प ८०२ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा साइकलमा सवार स्थानीय ७२ वर्षीय जगतबहादुर साउदको मृत्यु भएको हो ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका साउदको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्युु भएको हो । दुर्घटनापछि मोटरसाइकल चालक फरार भएका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार