महाकालीमा वेपत्ता धामीको खोजी गर्न ड्रोन उडाउन भारतको अनुमति कुर्दै

ड्रोन क्यामराको प्रयोग गर्न ढिलाई

दार्चुलाको महाकाली नदिमा वेपत्ता भएका जयसहि धामीको खोजी गर्न ड्रोन क्यामराको प्रयोग गर्न ढिलाई

दार्चुला: दार्चुलाको महाकाली नदिमा वेपत्ता भएका जयसहि धामीको खोजी गर्न ड्रोन क्यामराको प्रयोग गर्न ढिलाई भएको छ । भारतीय पक्षले ड्रोन क्यामेरा प्रयोगको लागि अनुमति दिनेरनदिने बारेमा जवाफ नपठाएको कारण क्यामराको प्रयोग गर्न नसकेको जनाएको छ ।

भारतीय पक्षले महाकालीमा ड्रोन क्यामेरा प्रयोगको लागि अनुमति दिनेरनदिने बारेमा जवाफ नपठाएको कारण अहिलेसम्म ड्रोन क्यामरा प्रयोग नगरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । सीमा क्षेत्रमा ड्रोन क्यामरा प्रयोग गर्न दुबै देशको सहमती आवश्यक पर्छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनलाई महाकाली नदी क्षेत्रमा ड्रोन क्यामरा प्रयोगका लागि सहमति माग गरेपनि मंगलबार विहानसम्म जवाफ प्राप्त भइनसकेको छानविन समिति सदस्य एबं दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशीले जानकारी दिईन् ।

भारतीय पक्षले जवाफ नदिए ड्रोन क्यामरा नेपालतिरकै भू–भागबाट प्रयोग गर्ने नेपाली पक्षको तयारी रहेको प्रहरीले जनाएको छ । व्याँस गाउँपालिका–२ मालघाटदेखि दार्चुला सदरमुकामको २५ किलोमिटर क्षेत्रमा ड्रोन क्यामरा प्रयोग गर्ने तयारी छ ।

सरकारले छानबीन समितिलाई १० दिन भित्र प्रतिवेदन बुझाउन समयसीमा दिएको थियो । समितिलाई दिइएको समय बुधबार (भोलि) सकिदैछ । तर प्रतिवेदन तयार पार्ने काम अझै नसकिएकोले निर्धारित समयमा प्रतिवेदन बुझाउने सम्भावना न्यून रहेको छ ।

महाकाली घटनाको छानविन गर्न गठित समिति आठदिन पछि दार्चुलाबाट फर्किएको छ ।गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमका नेतृत्वमा गठित सो समितिका सदस्य आज घटनाबारे थप बुझ्न बैतडी प्रस्थान गरेका छन् । समितिले बैतडी हुँदै महेन्द्रनगरसम्म घटनाबारे जानकारी लिने र महाकाली नदीसँग जोडिएका जिल्लाका सुरक्षा अधिकारीसँग भेटघाट गर्ने बताइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार