नेता माधवकुमार नेपालले अर्को पार्टी बनाउने संकेत

ओलीसँग झुकेर नबस्ने

माधवकुमार नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अर्को पार्टी बनाउने संकेत गर्नुभएको छ । उहाँले अध्यक्ष केपी शर्मा ओलीसँग झुकेर नबस्ने प्रष्ट पार्नुभयो ।

संस्थापन पक्षले केन्द्रीय कमिटी बैठकबाट विधान संशोधन प्रस्ताव पारित गरेको अर्को दिन वरिष्ठ नेता नेपालले अध्यारो सुरङमा नछिर्ने बताउनुभएको हो ।

काठमाडौंमा आज आफुनिकट विद्यार्थीको कार्यक्रममा वरिष्ठ नेता नेपालले आफु र आफ्नो समूह कसैको टाङमुनी नछिर्ने पनि बताउनुभयो ।

नेता नेपालले कारवाहीमा परेका कर्णाली प्रदेशका आफनो समुहका सांसदलाई उपनिर्वाचनमा जिताएर ल्याउने समेत बताउनुभयो ।

कर्णालीका सांसदले गलत प्रवृतिविरुद्ध लडेको भन्दै पद खारेज भएपनि जिताउने जिम्मा आफनो भएको नेता नेपालले घोषणा गर्नुभयो ।

नेता नेपालका पछिल्ला भनाइले एमालेमा एकताको संभावना सकिदै गएको देखिएको छ । यसअघि नेपाल खनाल समूहले एकताका लागि भन्दै संस्थापनलाई विधान अधिवेशन जस्ता निर्णय अघि नबढाउन भनेको थियो ।

तर संस्थापनले भने पार्टीका कुनै पनि योजना नरोकिने स्पष्ट पारेको छ । अनेरास्ववियुको कार्यक्रममा एमबिबिएसको परिक्षामा सर्वोत्कृट भएका बिद्यार्थी आशिक झा लगायतलाई सम्मान गरिएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार