दार्चुलामा हालसम्म ३० प्रतिशत नागरिकले मात्रै लगाए कोरोनाविरुद्धको खोप

३६ हजार बढी नागरिकले लगाए कोरोना भाइरसविरुद्धको खोप

कोरोना विरुद्धको खोप

दार्चुला: दार्चुलाका ३६ हजार बढी नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। जिल्लाका ३६ हजार ७७९ जना नागरिकले कोरोना भाइरसविरुद्धको विभिन्न खोपको पहिलो मात्रा लगाएका हुन्।

गत वर्षको माघ १४ गतेबाट दार्चुलाका ९ ओटै स्थानीय तहमा खोप लगाउन सुरु गरिएको थियो। स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार हालसम्म भेरोसिल खोपको पहिलो मात्रा लगाउने १४ हजार ५२५ जना र कोभिसिल्ड खोपको पहिलो मात्रा लगाउने १७ हजार ३१५ जना रहेका छन्।

त्यस्तै भेरोसिलको दोस्रो मात्रा २ हजार ३५१, कोभिसिल्डको दोस्रो मात्रा २ हजार ६७९ र जोन्सन एण्ड जोन्सन खोप ४ हजार ९३९ जनाले लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा हालसम्म ३० प्रतिशतले मात्रै कोरोनाविरुद्धको खोप लगाउन पाएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार