विप्लव नेकपा कैलाली जिल्ला सदस्य बोगटीको घरमा पक्राऊ पुर्जी टाँस, ३ बुँदे सहमति विपरीत भएको आरोप

टिकापुर इन्चार्ज हिर्दय बोगटीको घरमा पक्राउ पुर्जी टाँस

३ बुँदे सहमति विपरीत भएको आरोप

धनगढीः विप्लव नेतृत्वको नेकपा कैलाली जिल्ला सचिवालय सदस्य तथा टिकापुर इन्चार्ज हिर्दय बोगटीको घरमा पक्राउ पुर्जी टाँस गरिएको छ । मङ्गलवार टिकापुर नगरपालिका वडा नम्बर १ स्थित घरमा जिल्ला अदालत कैलालीद्वारा जारी सूचना टाँस गरिएको हो ।

आफ्नो घरमा पक्राउ पुर्जी टाँस गरिएपछि बोगटीले सरकारले झुट्टा मुद्दा बनाएर नेकपा सँगको सहमति भाँड्न खोजेको आरोप लगाएका छन् । सरकार र नेकपा बिच ३ बूँदे सहमति भइसकेकाले राजनीतिक मुद्दामा अहिले विभिन्न झुट्टा मुद्दाको नाममा हाल आएर पक्राउ पुर्जी जारी गर्नु सरकारले मुठभेट निम्त्याउन खोजेको उनको भनाई थियो ।

आफ्नो पार्टीले इमानदार भएर सहमति कार्यान्वयन गरिरहेको र सरकार पनि इमानदार बनोस् भन्ने चाहना रहेको उनले बताए । नेकपाका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज ओमप्रकाश पुनले सहमति भएको पाँच महिना नाघी सक्दा पनि आफूहरूले संयमता अपनाइरहेको र सरकारले श्रृङ्खलाबद्ध रूपमा झुट्टा मुद्दामा पक्राउ पुर्जी जारी गरिरहने हो भने आफ्नो पार्टी पनि कडा प्रतिवाद गर्न बाध्य हुने बताएका छन्।

सहमति कार्यान्वयन नहुँदा राजनैतिक मुद्दाहरूमा संवाद अगाडि बढ्ने सम्भावना घट्दै गएको र यसले राजनैतिक मुठभेट निम्त्याउन सक्ने समेत उनले बताए । सरकारले जिम्मेवार बन्दै सहमति विपरीतका कार्य नरोक्ने हो भने नेकपा समेत सहमति कार्यान्वयन गर्न बाध्य नहुने उनको भनाइ छ ।

सरकार सँग तीन बुँदे सहमति गरेर वार्तामा आएको नेकपा सहमति कार्यान्वयनमा खासै प्रगति हुन नसक्दा उद्वेलित भएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार