भरतपुर विमानस्थलको भीआईपी कक्षमा आगलागी

एक घण्टा उडान तथा अवतरण सेवा अवरुद्ध

Bharatpur Airport
भरतपुर विमानस्थल

काठमाडौं । भरतपुर विमानस्थलको भीआईपी कक्षमा आगलागी भएको छ । आगलागी हुँदा सवा एक घण्टा उडान तथा अवतरण सेवा अवरुद्ध भएको थियो ।

आज विहान पौने ७ बजे आगलागी भएको हो । आगलागी भएको थाहा पाएको १० मिनेटभित्र नियन्त्रणमा लिइएको विमानस्थल प्रहरीले जनाएको छ ।

विद्युत चुहावट भएर आगलागी भएको प्रहरी नायव निरीक्षक लालबहादुर घलानले जानकारी दिए । आगलागीबाट भीआईपी कक्षका सोफा, कार्पेट, टेबुल, एसी, पर्दालगायत सामग्री जलेर नष्ट भएको घलानले जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार