भारतले आज ७५ औं स्वतन्त्रता दिवस मनाउँदै !

आज भारतको ७५ औं स्वतन्त्रता दिवस

आज भारतको ७५ औं स्वतन्त्रता दिवस

नयाँ दिल्ली: भारतले आज १५ अगष्टका दिन ७५ औं स्वतन्त्रता दिवस मनाउँदैछ । यो वर्ष भारतले आफ्नो स्वतन्त्रता दिवसलाई ‘स्वतन्त्रताको अमृत महोत्सव’ को रुपमा मनाइरहेको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार भारतका विभिन्न भागमा मन्त्रायलय, राज्य सरकार, शैन्य बल तथा आम जनताद्वारा विभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।

भारतको ७५ औं स्वतन्त्रता दिवसको महोत्सवको नेतृत्व प्रधानमन्त्री नरेन्द्र मोदीले गर्दैछन् । आज बिहान मोदी लाल किला पुगेर भारतको झण्डा फहराउँदै देशवासीलाई सम्बोधन गर्दैछन् ।

भारतीय प्रधानमन्त्री मोदीले भारतको स्वतन्त्रता दिवसको ७५ औं वर्ष मनाउनका लागि मार्च २०२१ मा गुजरातको अहमदाबादमा साबरमती आश्रमबाट स्वतन्त्रताको अमृत महोत्सवको थालनी गरेका थिए, जुन उत्सव १५ अगष्ट, २०२३ सम्म चल्ने बताइन्छ ।

स्वतन्त्रता दिवसको उत्सव मनाउने क्रममा राजधानी नयाँ दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार