नेपाल मास्क अभियान : कैलाली प्रहरीको प्रश्न ‘तपाईँको मास्क खोइ ?’

जिल्ला प्रहरी कार्यालय कैलालीको अगुवाइमा 'तपाईँको मास्क खोइ ?' अभियान सुरु

तपाईको मास्क खोईं

धनगढी: लकडाउन खुकुलो भए पनि कोभिड-१९ को जोखिम झन् बढेको भन्दै कैलालीमा प्रहरीले मास्क अभियान थालेको छ । मास्क नलगाई यात्रा गर्ने सर्वसाधारणलाई सचेत गराउनका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको अगुवाइमा ‘तपाईँको मास्क खोइ ?’ अभियान सुरु गरिएको हो ।

कोरोना रोकथाम तथा नियन्त्रणको लागि अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्न र घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न कैलाली प्रहरी सर्वसाधारणलाई सम्झाई बुझाई गरिरहेको छ । जिल्लाका मुख्य बजार क्षेत्रमा सर्वसाधारण र सवारी चालकलाई मास्क वितरण गर्दै अभियान सञ्चालन भइरहेको छ ।

मास्क प्रयोग नगरी हिँड्ने सर्वसाधारणलाई मास्कलाई अनिवार्यता गर्न अनुरोध गर्दै सचेतनामूलक अभियान थालेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

आइतबार जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय टीकापुर, वडा प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोस्ट चटकपुर कैलालीले आ-आफ्नो वडा एरियाहरूमा मास्क नलगाई आवतजावत गर्ने सर्वसाधारणहरूलाई मास्क वितरण गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार