भदौं १० गतेसम्म लम्बियो कैलालीमा निषेधाज्ञा , मास्क प्रयोग नगर्ने लाई जरिवाना !

कोरोना संक्रमणदर कायमै

धनगढी: कैलालीमा जारी निषेधाज्ञा फेरि लम्बिएको छ । जिल्लामा कोरोना संक्रमणदर कायमै रहेकाले प्रशासनले  भदौ १० गतेसम्मलाई निरन्तरता दिएको हो ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले १० दिन अर्थात भदौ १० गतेसम्म  गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। यस अघि जारी गरेको  निषेधाज्ञा सोमबार राती १२ बजे सकिदैं छ ।

जिल्लामा कोरोना संक्रमणको तेस्रो लहरको सम्भावना रहेको र अर्को तिर मास्क नलागाई हिड्डुल गर्ने प्रवृती बढेको पाईएकोले सार्वजनिक स्थानमा हिड्डुल गर्ने सर्वसाधारणलाई उचित मास्क प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले अनुरोध गरेको छ ।

अन्यथा मास्क नलगाई हिंड्ने व्यक्तिहरुलाई जरिवाना गर्ने प्रावधानलाई भोलीबाट कडाईका साथ लागु गरिने जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।

No description available.

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार