मन्त्री जोशीद्धारा ‘ओल्के’ पर्वको अवसरमा सुदूरवासीलाई शुभकामना व्यक्त !

ओल्के सक्रान्ति आज परम्परागत रूपमा मनाईदैं

आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी

धनगढी: सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सुदूरपश्चिमको मौलिक पर्व ‘ओल्के’ का अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गर्नु भएको छ ।

मन्त्री जोशीले आज एक विज्ञप्ति जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सबै बाबुआमा, दाजुभाइ, दिदीबहिनीहरूमा मङ्गलमय शुभकामना व्यक्त गर्नु भएको हो । सुदूरपश्चिमेलीहरु को मौलिक पर्व ओल्के सक्रान्ति आज परम्परागत रूपमा मनाईदैं छ ।

यसै अवसरमा मन्त्री जोशीले सुदूरपश्चिम सम्पूर्ण प्रदेशवासीलाई शुभकामना व्यक्त गरेकी हुन । यो पर्व वर्षा याममा विविध प्रकारका रोग व्याधिबाट बाँचेको खुसी र खेतीपातीको कामकाज फुर्सद पाएको समय पारेर श्रावण महिनाको मसान्त र भाद्र महिनाको पहिलो दिन मनाइन्छ ।

Purna Joshi

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार