गौरिफण्टा नाकाको संयुक्त अनुगमन: सुदूर भित्रिने र बाहिरिने नागरिकको तथ्याङ्क सफ्टवेयर मार्फत सङ्कलन गरिने

मन्त्री खड्का सहितको संयुक्त टोलीद्धारा त्रिनगर भन्सार नाकाको स्थलगत अनुगमन

गौरिफण्टा नाकाको संयुक्त अनुगमन

धनगढी: सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्का सहितको संयुक्त टोलीले त्रिनगर भन्सार (गौरिफण्टा) नाकाको स्थलगत अनुगमन गरेको छ ।

मङ्गलवार सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लालबहादुर खड्का, धनगढी उप-महानगरपालिकाका नगर प्रमुख नृप ब. वड, कञ्चनपुरको पुर्नवास नगरपालिकाका नगर प्रमुख जीवन राज थापा, कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारी, सामाजिक विकास मन्त्रीका स्वकीय सचिव भुवन बडूवाल, कैलाली र कञ्चनपुर जिल्लाका स्वास्थ्य कार्यालयबाट सीमामा खटिएका स्वास्थ्यकर्मीहरू, विभिन्न दर्जाका सुरक्षा निकायका कर्मचारी र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि लगायत पत्रकारहरूको संयुक्त उपस्थितिमा त्रिनगर भन्सार (गौरिफण्टा) नाकामा अवस्थित होल्डीङ सेन्टर, हेल्प डेस्क र हेल्थ डेस्कको संयुक्त स्थलगत अनुगमन गरीएको हो ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्का सहितको संयुक्त टोलीले त्रिनगर भन्सार (गौरिफण्टा) नाकाको स्थलगत अनुगमन

त्रिनगर भन्सार (गौरिफण्टा) नाकाको स्थलगत अनुगमनका क्रममा युनिसेफ नेपाल र रेडक्रस सोसाइटिको कैलाली जिल्ला शाखाको सहयोगमा त्रिनगर भन्सार कार्यालय गौरीफन्टा नाकाको हेल्प डेस्क र होल्डिङ सेन्टर पछाडिको भागमा सामाजिक विकास मन्त्रालय, धनगढी उप-महानगरपालिका र पुर्नवास नगरपालिकाको सहकार्यमा शौचालय र खानेपानी निर्माण गर्ने जग्गा छनौट गरी कार्यान्वयन गर्ने निर्णय गरिएको छ । भने, सो शौचालय र खानेपानीको डिजाइन स्टिमेट धनगढी उप-महानगरपालिकालाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्का सहितको संयुक्त टोलीले त्रिनगर भन्सार (गौरिफण्टा) नाकाको स्थलगत अनुगमन

त्यस्तै, नाकामा भारतबाट आउने नेपालीका लागि निर्माण गरिएको होल्डिङ सेन्टर र स्वास्थ्य परीक्षण केन्द्रको निरीक्षण गर्दै मन्त्री खड्काले सबै नागरिकको सहज रूपमा अनिवार्य स्वास्थ्य परीक्षण हुने गरी व्यवस्था मिलाउन निर्देशन दिनु हुँदै स्वास्थ्य परीक्षणको नतिजा नआउन सम्म नाकामै बस्नका लागि प्रतीक्षालय निर्माण गरिने र स्वास्थ्य रिपोर्ट आएपछि कोरोना पोजेटिभ देखिएका नागरिकलाई धनगढी–३ स्थित होल्डिङ सेन्टरमा राखिने बताउनु भयो ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्का सहितको संयुक्त टोलीले त्रिनगर भन्सार (गौरिफण्टा) नाकाको स्थलगत अनुगमन

मन्त्री खड्काले, ‘सङ्क्रमितको सङ्ख्या बढी भए निर्माणाधीन प्रदेश आयुर्वेदिक अस्पतालको भवन र गेटाको आइसोलेसन कक्षमा राख्न सकिनेछ । स्वास्थ्यमा समस्या देखिएका नागरिकलाई धनगढी स्थित सेती प्रादेशिक अस्पतालको कोरोना कक्षामा राखिने बताउनुभयो ।

त्यस्तै, मन्त्री खड्काले भारतबाट आउने नागरिकलाई सहजै आ–आफ्नो स्थानमा जाने गरी सफ्टवेयर निर्माणको निर्माण गरिएको बताउनुभयो उहाँका अनुसार भारतबाट आउने नेपालीको गौरिफण्टा नाकामा तथ्याङ्क सङ्कलन गर्दै कम्प्युटरमा इन्ट्रि गरिने छ । कम्प्युटरमा राखिएको तथ्याङ्क प्रदेशका ९ वटै जिल्ला प्रशासन कार्यालय र पालिकाले समेत हेर्न सक्नेछन् र सोही तथ्याङ्कका आधारमा सबै पालिकाले आफ्ना नागरिकको जिम्मेवारी लग्नुपर्नेछ ।

मन्त्री खड्काले भन्नुभयो, ‘भारतबाट आउने नेपालीको सबै विवरण खुल्ने गरी नाकामा तथ्याङ्क सङ्कलन गर्दै कम्प्युटरको सफ्टवेयरमा राखिनेछ’ ‘कम्प्युटरमा राखिने सो प्रणालीले कुन पालिकाको नागरिकको भन्ने प्रस्ट देखाउनेछ, सो तथ्याङ्कका आधारमा पालिकाले आफ्ना नागरिकको जिम्मेवारी लग्नेछन् ।’

उहाँले भारतमा कोरोनाको तेश्रोलहर फैलन सक्ने र त्यहाँ रहेका नेपाली फेरी नेपाल फर्कन सक्ने भन्दै त्यसका लागि पूर्व तयारीमा रहन जोड दिनुभएको छ ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्का सहितको संयुक्त टोलीले त्रिनगर भन्सार (गौरिफण्टा) नाकाको स्थलगत अनुगमन

त्यसै गरी, नाका अनुगमनमा जानुभएका धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडले पुनर्वास नगरपालिका र धनगढीले गौरिफण्टा नाकाको व्यवस्थापन गर्ने सहमति भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘दुवै स्थानीय तहको समन्वयमा नाकाबाट आउने नागरिकको व्यवस्थापन, बस्ने व्यवस्था मिलाइने छ । त्यसका लागि आवश्यक पर्ने बजेटका लागि प्रदेश र सङ्घ सँग अनुरोध गरिएको छ । अव पहिला जस्तो नाकामा कसैलाई पनि समस्या हुन दिइने छैन ।’

त्यस्तै, पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापाले पनि भारतबाट आउने नेपालीलाई नाकामा समस्या नहुने गरी काम गरिने बताउँदै, ‘यस अघि केही समस्याका कारण नाका अव्यवस्थित बनेको थियो । अव ती असमझदारी हटेका छन् ।’ अब सबै मिलेर नाकामा आउने समस्या समाधान गर्नेमा प्रतिबद्ध हेरेको बताउनुभयो ।

यता अनुगमनमै रहनुभएका कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले पनि नाकामा नागरिकको भिडभाड हुन नदिन र सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन कैलाली कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी बिच छलफल गरेर सीमा नाकामा थप आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरिने बताउनु भएको छ ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्का सहितको संयुक्त टोलीले त्रिनगर भन्सार (गौरिफण्टा) नाकाको स्थलगत अनुगमन

साथै स्थलगत अनुगमनमै सहभागी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले पनि जिल्ला प्रशासन कैलाली र प्रदेश सरकारले जारी गर्ने आदेश र कानुनको सक्दो नतिजा आउने गरी पालना गर्न गराउनमा कटिबद्ध भएर लागी पर्ने बताउनु भएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार