किन हुन्छ महिलामा आङ खस्ने समस्या ?

महिलामा आङ खस्ने समस्या

महिलाहरुको सानो पेटमा रहेको पिसाव थैली, पाठेघर वा दिसे आन्द्राले सामान्य अवस्थाबाट ठाँउ छोडेर योनीमा झर्नुलाई आङ खस्नु भनिन्छ ।

नेपाली महिलामा बढी देखिने यो मुख्य स्वास्थ्य समस्या हो । बालबिवाह, स्वास्थ्य संस्थाको पहुँच नहुनु, अशिक्षा र धेरै सन्तान जन्माउनु मुख्य कारण हुन् ।

सानो पेटका अङ्गलाई अड्याइ राख्ने मांसपेशीलाई कमजोर भएर खुकुलो हुँदै जानु आङ खस्ने कारण रहेको चिकित्सक बताउँछन् ।

आङ खस्ने समस्या जोडिएको सामाजिक कुरा :
– सानो उमेरमा विवाह गर्नु
– सानो उमेरमा बच्चा जन्माउनु
– धेरै बच्चा जन्माउनु तथा जन्मान्तर कम हुनु
– दक्ष स्वास्थ्यकर्मीद्वारा सुत्केरी नगराउनु, स्वास्थ्य सेवाको पहुच नहुनु
– लामो समय सम्म सुत्केरी ब्यथा लाग्नु
– सुत्केरी अवस्थामा प्रर्याप्त पोशिलो खाना र स्याहार नपुग्नु
– गह्रौ भारी बोक्नु
– टुक्रुक्क बसेर धेरे बेरसम्म काम गर्नु
– घाँस काट्ने, पानी बोक्ने जस्ता काम गर्नु
– पेटको माथिबाट तललिर कसेर पोटुका बाँध्नु
– सुत्केरी आमालाई बारम्बार खोकी लागि रहनु
– कब्जीयत हुनु
– असुरक्षित गर्भपतन गराउनु
– सुत्केरी पछि आराम नपुग्नु
– वंषाणुगत

लक्षण
– योनीद्वारमा केही डल्लो आएर बसेको जस्तो हुनु वा अप्ठारो महसुस हुनु
– खोक्दा भोरी बोक्दा डल्लो झन तल झर्नु
– तिघ्राको बिचमा गह्रौ जस्तो हुँदा हिड्न र काम गर्न अप्ठयारो हुनु
– टुक्रुक्क बस्दा कठिनाई हुनु
– दिसा पिसाब गर्न गाह्रो हुनु
–छिनछिनमा पिसाव लागि रहनु
– ढाड कम्मर तथा सानो पेट दुख्ने आदि आङ खस्ने रोगको लक्षणहरु हुन । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार