केही ठाउँमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह

अहिले प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा पानी पर्दै

मौसम

काठमाण्डाै: अहिले प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । मनसुनी वायुका कारण पानी परिरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार दिउँसोपछि प्रदेश एक, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना छ ।

राति भने प्रदेश एक, वाग्मती र सुदूरपश्चिम प्रदेशको एक /दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् शाक्यले बताउनुभयो । अबको केही दिनको मौसम यस्तै रहने पनि उहाँले जानकारी दिनुभयो ।

धेरै वा लगातार पानी नपरे पहिला परेको पानीले जमिन गलेको हुन सक्ने भएकाले भिरालो जमिनमा पहिरो जान सक्ने र नदीहरुमा बाढीको सम्भावना रहेकाले भिरालो जमिन र नदी तटीय क्षेत्रमा रहेकाहरुलाई सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह  गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार