गर्लफ्रेण्डको परीक्षा दिन केटीको पहिरनमा पुगेपछि…

प्रेमिकाको नाउँमा उनका कपडा

गर्लफ्रेण्डको परीक्षा दिन केटीको पहिरनमा पुगेपछि

काठमाडौं:  प्रेममा र युद्धमा सबै कुरा जायज हुन्छन् भनिन्छ । यो उखानलाई चरितार्थ गरेका छन् अफ्रिकी मुलुक सेनेगलका एक युवकले ।

उनलाई आफ्नी प्रेमिकाको यतिधेरै माया रहेछ कि प्रेमिकाको नाउँमा उनका कपडा लगाएर आफै परीक्षार्थी बनेर परीक्षा केन्द्रमा गए । तर २२ वर्षीय ती युवकको त्यो हिम्मत र जुक्ति असफल भयो । केटीको पहिरनमा प्रेमिकाको साटो परीक्षा दिन गएका उनी पक्राउ परिहाले ।

गास्टोन बर्गर विश्वविद्यालयमा पढ्ने खादिम एम्बुप नामका ती युवकले महिलाको जस्तै लुगा लगाए, मेकअप गरे, टाउकोमा स्कार्फ लगाए, कानमा रिङ लगाए । यतिसम्म की छातीमा समेत केही कोचेर ब्रा लगाए ता की ठ्याक्कै केटीजस्तो देखियोस्। यति गरिसकेपछि आफूलाई कसैले पत्ता लगाउन नसक्ने र प्रेमिकाको नाउँमा परीक्षा दिएर प्रेमिकालाई मज्जाले पास गराउन सकिने उनको अभिलाषा थियो ।

उनको त्यो आइडियाले सुरुका ३ दिनसम्म त काम गर्‍यो । आफ्नी गर्लफ्रेण्ड गांगुइ डिउमको नामबाट उनले सुरुका ३ दिनसम्म त्यसैगरी केटी पहिरनमै गएर हाइस्कुल ग्राजुएशनको परीक्षा दिए । तर, चौथो दिन भने परीक्षा केन्द्रका निरीक्षकले उनीमाथि शंका गरे, खासगरी उनको जिउको स्वरुपप्रति ।

उनलाई तत्कालै नियन्त्रणमा लिएर सोधपुछ गर्दा वास्तविक पोल खुल्यो । त्यसपछि प्रहरीले उनलाई पक्राउ गर्‍यो । प्रहरीलाई लिएर उनी आफ्नो प्रतिक्षामा रहेकी १९ वर्षीया प्रेमिकासामू पुगे ।

प्रहरी तथा प्रेमिकाको अगाडि उनले अनुनय गर्दै आफूले प्रेमिकाको मायामा डुबेर यस्तो जोखिम उठाएको बताए ।उक्त प्रेमजोडीमाथि परीक्षामा नक्कल गरेको तथा ठगी गरेको अभियोग लगाइएको छ ।

उनीहरुलाई अदालतले दोषी ठहर गरेमा ५ वर्षसम्म कुनै पनि शैक्षिक परीक्षमा सहभागी हुन नपाउने तथा कुनै शैक्षिक उपाधि लिन नपाउने गरी प्रतिबन्ध लाग्न सक्नेछन् । साथै उनीहरुमाथि ५ वर्षको जेल सजाय पनि हुनसक्ने बताइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार