इतिहास रच्दै धनगढीबाट सफलतापूर्वक बाजुराको बडिमालिका पुगी छोडे साइकल यात्री !

सुदूरपश्चिमकै महत्त्वपूर्ण शक्ति पीठ बडिमालिकाको साइकल यात्रा

इतिहास रच्दै धनगढीबाट सफलतापूर्वक बाजुराको बडिमालिका पुगी छोडे साइकल यात्री !

धनगढी: बाजुराको बडिमालिकाको दर्शनका लागि धनगढीबाट साइकलमा निस्किएको टोलीले सफलतापूर्वक यात्रा पूरा गरेको छ । समुन्द्र सतहबाट ४ हजार २ सय मिटरको उचाइमा रहेको सुदूरपश्चिमकै महत्त्वपूर्ण शक्ति पीठ बडिमालिकाको साइकल यात्रा गरिएको यो पहिलो पटक हो ।

साइकल यात्री भरतविक्रम शाहको नेतृत्वमा ११ सदस्यीय टोलीले बडिमालिकाको यात्रा सफलतापूर्वक पार गरेको हो । ८० देखि ९० डिग्रीको उकालोमा साइकल यात्रा गर्नु अत्यन्त जोखिम र रोमाञ्चकारी भए पनि सफलतापूर्वक यात्रा पूरा गरेर साइकलमा बडिमालिका यात्रा गर्न सकिने सन्देश दिएको साइकल यात्री शाहले बताए ।

आन्तरिक र बाह्य पर्यटकहरूलाई बडिमालिकामा आकर्षण गर्न साइकल यात्राले उत्प्रेरित गर्ने बताउँदै शाहले धार्मिक र एडभेञ्चर पर्यटनका लागि बडिमालिका सुदूरपश्चिमकै उत्कृष्ट गन्तव्य भएको बताए ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार