पन्जसिरमा तालिबान र मसुद समूहबीच भिडन्तको खतरा

तालिबान र मसुद समूह

तालिबान र मसुद समूह

अहिलेसम्म कब्जा गर्न नसकेको अफगानिस्तानको एक मात्र प्रान्त पन्जसिर आफ्नो नियन्त्रणमा लिन तालिबानका सयौं लडाकु आइतबार राति त्यहाँ पुगेका छन्।

काबुलको उत्तरमा पर्ने पन्जसिर तालिबानविरोधी गढ हो, जसको नेतृत्व पूर्वमुजाहिदिन कमान्डर अहमद साह मसुदका छोरा अहमद मसुदले गरिरहेका छन्।

अलकायदाले ९-११ अमेरिकी हमला हुनुभन्दा दुई दिनअघि अहमद साह मसुदको हत्या गरेको थियो।

तालिबानले आफ्नो ट्विटरमा लेखेको छ, ‘स्थानीय अधिकारीले शान्तिपूर्वक पन्जसिर प्रान्त हामीलाई दिन अस्वीकार गरेपछि इस्लामी इमिरेटका सयौं मुजाहिदिन लडाकुले त्यो नियन्त्रणका लागि अगाडि बढिरहेका छन्।’

अफगानिस्तानको राजधानी काबुल कब्जा गरेपछि त्यहाँका हजारौं मानिस पन्जसिर गएका छन्। मसुदको नेतृत्वमा तालिबानविरोधी बलले तालिबानसँग युद्ध गर्न झन्डै ९ हजार मानिस एकजुट भएको दाबी गरेको छ।

मसुदले साउदी अरबको मिडिया प्रसारक अल–अरबियासँग अफगानिस्तानका धेरैवटा प्रान्तबाट भागेर सरकारी सुरक्षाकर्मी पन्जसिरमा आएको बताएका छन्।

उनले भनेका छन्, ‘हामी अफगानिस्तान रक्षाका लागि तयार छौं र यसका लागि रक्तपातमा उत्रिन पनि पछि हट्दैनौं।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार