मिर्गाैला क्यान्सर हुने पाँच मुख्य कारण

मिर्गाैला

मिर्गौला शरीरका महत्वपूर्ण अंगमध्ये एक हो । जसले शरीरको कार्यप्रणालीलाई सुचारु राख्ने काम गर्छ । यसको प्रमुख काम भनेको शरीरका विकार पदार्थलाई फिल्टर गरेर शरीरबाट निष्कासन गर्ने हो । यसको संक्रमणदेखि मिर्गौला फेलसम्मको समस्या हुन्छ । थोरै असावधानी वा लापरबाही गर्दा मिर्गौलामा विभिन्न समस्या सिर्जना हुन्छ र मृत्युको मुखमा समेत पुर्‍याउन सक्छ । मिर्गौलामा लाग्ने प्रमुख रोगमध्ये क्यान्सर पनि एक हो । यी हुन् मिर्गौला क्यान्सरबारे कही तथ्य :

धूम्रपान र अत्यधिक मदिरा सेवन गर्दा तपाईंको मिर्गौलालाई क्षति पुग्ने गर्छ । जसले मिर्गौला क्यान्सरको सम्भावना पनि कैयौँ गुणाले बढाउने काम गर्छ । त्यसैले यस्तो समस्या निम्तिन नदिनका लागि आजैबाट धूम्रपान त्याग्न जरुरी हुन्छ । र, मदिरापान पनि घटाउनुपर्छ ।

मिर्गौला फेल हुँदा वा ठीक तरिकाले काम नगर्दा नियमित रूपमा डायलोसिस गर्नुको विकल्प हुँदैन । तर, लामो समयसम्म डायलोसिस गर्दा पनि मिर्गौलासम्बन्धी थप खतरा बढेर जान्छ । यस्तो गर्दा पनि मिर्गौला सिस्ट अर्थात् मिर्गौला क्यान्सरको खतरा बढ्ने गर्छ । तर, डायलोसिस र मिर्गौला क्यान्सरको सीधा सम्बन्ध भने हुँदैन ।

मिर्गौलाको क्यान्सर हुने एउटा कारण वंशानुगत पनि हो । वंशानुगत कारणले भने कम उमेरमै पनि मिर्गौलाको क्यान्सर हुने सम्भावना हुन्छ । यसकै कारण मिर्गौलामा ट्युमर बन्ने पनि गर्छ ।

विभिन्न शारीरिक रोगका कारण पनि मिर्गौला क्यान्सरको समस्यालाई बढाएर लैजान्छ । यदि तपाईंमा उच्च रक्तचापको समस्या छ भने मिर्गौला रोगको सम्भावना पनि अत्यधिक हुन्छ । त्यसैले समय–समयमा उच्च रक्तचापसँगै मिर्गौलाको पनि जाँच गर्न जरुरी हुन्छ ।

अनुसन्धानले भनेको छ कि मोटो मानिसमा मिर्गौला क्यान्सरको सम्भावना पातलो मानिसको भन्दा निकै बढी हुन्छ । यद्यपि, मोटोपनको समस्याका कारण पनि मिर्गौला क्यान्सर हुन सक्छ । खासगरी, यस्ता मानिसमा उच्च रक्तचाप र मधुमेहको समस्या हुन्छ । र, यस्ता रोगको सीधा सम्पर्क मिर्गौलासँग हुन्छ । मोटोपनकै कारण मिर्गौला क्यान्सरको खतरा ७० प्रतिशतले बढेर जाने विभिन्न अनुसन्धानले देखाएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार