बलात्कारपछि १७ वर्षीया किशोरीको हत्या गर्ने व्यक्ति एक वर्षपछि पक्राउ

स्याङ्जाको पुतलीबजार नगरपालिकाबाट आइतबार पक्राउ

जेल चलान

१७ वर्षीया किशोरीको बलात्कारपछि हत्या गरेको आरोपमा कास्की प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार पक्राउ पर्नेमा स्याङ्जाको हरिनास गाउँपालिका–६, चालिसे निवासी ४५ वर्षीय मोटे भनिने खड्गबहादुर खवास छन्।

उनले कास्कीको मादी गाउँपालिका–९ सिप्लेबेसी घर भइ हाल सोही गाउँपालिका–१०, मकैखोला बस्दै आएकी १७ वर्षीया कोपिला परियारको बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ।

हजुरआमासँग बस्तै आएकी उनी गत वर्ष असार १५ गते अकस्मात घरैबाट हराएकी थिइन्। हराएको १० दिनपछि उनको शव मादी गाउँपालिका–११ मा रहेको पातीघारी भन्ने ठाउँमा सडेगलेको अवस्थामा फेला परेको थियो।

सोही ठाउँमा ज्यामी काम गर्दै आएका खवासले ती किशोरीसँग अवैध यौन सम्बन्ध राख्दै आएका र त्यसको पोल खुल्ने डरले उनले किशोरीको हत्या गरेका प्रहरीले जनाएको छ। खबासले पनि किशोरीसँगको सम्बन्ध र हत्या आरोप स्वीकारी सकेका छन्।

घरमा २ वटी श्रीमती भएका खवासले काम गर्ने ठाउँतिर आफूलाई रामबहादुर थापाको नामले चिनाउने गरेका स्थानीयले बताएका छन्। प्रहरीले खवासलाई स्याङ्जाको पुतलीबजार नगरपालिकाबाट आइतबार पक्राउ गरेको हो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार