बैतडीमा आजबाट भेरोसेल खोपको दोश्रो मात्रा दिइने, कुन स्थानीय तहमा कहिले ?

बैतडीमा आजबाट कोरोना भाइरसविरुद्धको खोपको दोश्रो मात्रा दिइने

कोरोना विरुद्धको खोप

धनगढी: बैतडीमा आजबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोश्रो मात्रा दिइने भएको छ।

गत साउन १७ गतेदेखि विभिन्न मितिमा भेरोसेल खोपको पहिलो मात्रा लगाएका नागरिकलाई दोश्रो मात्रा दिन लागिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। स्वास्थ्य कार्यालयकाअनुसार आज (८ गते) र भोलि (९ गते) पाटन नगरपालिकामा खोप लगाइने र १० र ११ गते दोगडाकेदार गाउँपालिकामा खोप लगाइने छ।

यस्तै ११ र १२ गते पुर्चौंडी नगरपालिका, १२ र १३ गते दशरथचन्द नगरपालिका, सुर्नया, शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा खोप लगाइने छ। भदौ १५ र १६ गते सिगास गाउँपालिका र १६ र १७ गते डिलाशैनी गाउँपालिकामा खोप लगाइने छ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार