बालिकामाथि जबरजस्ती करणी गर्न खोजेको आरोपमा बझाङमा एक जना पक्राउ

जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जना पक्राउ

करणी गर्न खोजेको आरोपमा एक जना पक्राउ

बझाङ: बझाङमा बालिकामाथि जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । गत शुक्रवार बेलुकी मष्टा गाउँपालिका-२ खिकला बस्ने वर्ष १९ का राजेन्द्र विकले सोही ठाउँकी १६ वर्षीय बालिकामाथि जबरजस्ती करणीको प्रयास गरेका थिए ।

उनले ती बालिकालाई बाटोबाटै तानेर आफ्नै घर गोठभित्र लगेर जबरजस्ती करणीको प्रयास गरेको सूचना प्राप्तपछि प्रहरीले राजेन्द्रलाई शनिवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

पक्राउ परेका युवकमाथि जबरजस्ती करणी उद्योग शीर्षकमा मुद्दा दर्ता गरेर अदालतबाट ७ (सात) दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार