गौशालाबाट सशस्त्र प्रहरी हवल्दार घुससहित पक्राउ

घुससहित पक्राउ

महोत्तरीको गौशालाबाट सशस्त्र प्रहरी बल सुरक्षा बेस रामनगरका प्रहरी हवल्दार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिएको टोली गौशाला नगरपालिका वडा नं. ४ बाट मङ्गलवार सशस्त्र प्रहरी बल सुरक्षा बेस रामनगरका सशस्त्र प्रहरी हवल्दार राजीव शरण साहलाई पाँच हजार घुस रकमसहित पक्राउ गरेको छ ।

हवल्दार साहले गौशालाका व्यापारीहरुसंग असुल गरेको रकमसहित गौशाला नगरपालिका–४ बिर्ता जाने बाटोबाट नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जनाएको छ । पक्राउ परेका साहलाई थप अनुसन्धानको लागि आयोगको कार्यालय बर्दिबास लगिएको छ । -नेपाल घटनाबाट

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार