‘म सङ्ग’ – हेमराज जोशी

गजल

हेमराज जोशी

– हेमराज जोशी

तिम्रा मिठा यादहरूको लाम छ म सङ्ग
हरेक चिजमा तिम्रै नाम छ म सङ्ग

सानु मेरो जीवनमा आउन चाहन्छौ रे
आऊ अझै अट्न मिल्ने ठाम छ म सङ्ग

कदम-कदम शून्य नै छन् तिम्रै अभावमा
अस्त व्यस्त जिन्दगी जाम छ म सङ्ग

गरिब छ हेम सङ्ग नसोच्नु के होला र
मनका कुरा व्यक्त गर्ने धाम छ म सङ्ग

सुखै दिउला भन्दिन म मैले दिन सक्ने
निश्चल मनको चोखो माया तमाम छ म सङ्ग !!

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार