सात ट्रकमाथि आगजनी, पाँच ड्राइभर जले

ट्रक ड्राइभरको ज ले र मृत्यु

ट्रकमाथि आगजनी

भारतको असमको दीमा हसाओ जिल्लामा दियुंगबरा नजिकै अज्ञात मानिसहरुले सात ट्रकमाथि आगजनी गरेका छन् । यसकारण पाँचजना ट्रक ड्राइभरको ज ले र मृत्यु भएको छ । रिपोर्टका अनुसार आगलागी अघि उनीहरुले थुप्रै रा उ न्ड फा य रि ङ पनि गरे । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ ।

यो अर्को समाचार रोजगारीका लागि कुवेत पुगेकी एक महिलाको त्यहीँ मृत्यु भएको छ । कुश्मा नगरपालिका–११, गैरीटोल घर भई केही वर्ष अघिदेखि कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको हो । परियारको २४ अगस्ट २०२१ अर्थात् मङ्गलबार मृत्यु भएको नेपाली दुतावासले जनाएको छ । उनको मृत्युको कारण खुलेको छैन ।

नेपाली राजदूतावास कुवेतका द्वित्तीय सचिव श्रीकृष्ण सिलवालले दिएको जानकारीअनुसार परियारको मृत्यु भएको प्रारम्भिक जानकारी दूतावासमा आएको छ । राहदानी नं १०३०९३१७ की परियारको अभिलेख हेर्दा उनले सन् २०१४ मा साउदी अरबका लागि श्रम स्वीकृति लिएको देखिएको छ ।

बयालीस वर्षीया पुतली अहिले अवैधानिकरूपमै कुवेतमा काम गर्दै आएको दूतावासले जनाएको छ । दूतावासमा परियारको मृत्यु प्रमाणपत्र भने आइसकेको छैन । पुतलीका आफन्तलाई कानुनी प्रक्रियालगायतमा सहजीकरणका लागि नेपाली राजदूतावासको सम्पर्कमा आउन आग्रह गरिएको छ । -ताजा बखर बाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार