कैलालीमा बाढीले गर्दा टापुमा फसेका २ जनाको सकुशल उद्धार

टापुमा फसेका २ जना व्यक्तिको सकुशल उद्धार

कैलालीमा बाढीले गर्दा टापुमा फसेका २ जना व्यक्तिको सकुशल उद्धार गरिएको छ ।

धनगढीः कैलालीमा बाढीले गर्दा टापुमा फसेका २ जना व्यक्तिको सकुशल उद्धार गरिएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका वडा नं. ३ कुचैनी बस्ने माया राम सापकोटा को छोरा वर्ष २२ को राजाराम सापकोटा र छोरी वर्ष १८ कि आरती सापकोटाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीहरू बिहीबार दिउँसो घाँस काट्न जान्छु भनी घरबाट हिँडेकोमा साँझ सम्म पनि घरमा नआएकोले आफन्तले खोजी ग्रेने क्रममा शिबगंगा नदीको बिच टापुमा छन् भन्ने जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय चौमाला कैलालीबाट तत्काल प्रहरी टोली उक्त स्थानमा खटी गई हेर्दा शिबगंगा नदी र झिल खोलाको बिच भागमा बाढी का कारण खोला तर्न नसकी खोला मै फसेको अवस्था उद्धार गरिएको कैलाली प्रहरीले जनाएको छ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले रा१२ः१५ बजेको समयमा दुवै जनाको सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार