‘म नेपालमा जन्मिए पनि आफूलाई भाग्यमानी भन्न सक्दैन’ : खगेन्द्र धामी

खगेन्द्र धामी

-खगेन्द्र धामी

मलाई थाहा छ,
हो मेरो देश नेपाल !!
म जन्मेको देश नेपाल !!
धेरै प्राकृतिक सुन्दरताले भरिएको देश नेपाल !!
र संसार सामु सगरमाथा अनि बुद्धले चिनिएको देश नेपाल !!!
तर पनि म आफूलाई भाग्यमानी भन्न सक्दैन,

बुद्ध जन्मेको देश हो,
सगरमाथाको देश हो,
जैविक विविधताले भरिएको देश हो,
विभिन्न जातजातिको देश हो,
स्वर्ग जस्तै चिटिक्क परेको देश हो,
यति सबै हुँदा त म भाग्यमानी हो नि,
तर पनि म आफूलाई भाग्यमानी भन्न सक्दैन!!

किन थाहा छ ?
यहाँ सरकार अन्धो छ ।
यहाँ सोझाले कहिल्यै न्याय पाउँदैनन् ।
यहाँ राम्रा होइन हाम्राको चल्छ ।
महिला राष्ट्रपति भएको देशमा दिनहुँ चेली बलात्कृत छन् ।
विभिन्न क्षेत्रमा हामी गरिबले नै पेलिनु पर्छ ।
कुनै काम गर्न घुस दिनु पर्छ ।
भ्रष्टाचारले जरा गाडेको छ ।
भने मैले कसरी भाग्यमानी भनूँ ?

त्यति मात्र होइन, यो देश,
हल्लाको पछि लाग्ने देश,
अर्काको भर पर्ने देश,
अर्काको खुट्टा चाट्ने देश,
अराजक क्रियाकलापले गुज्रिएको देश,
अव्यवस्थित राजनीतिले डुबेको देश,
कुनै सिस्टम नभएको देश,
यस्तो देशमा जन्मेर म कसरी भाग्यमानी भनूँ?
त्यसैले म आफैलाई भाग्यमानी भन्न सक्दैन !

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार