सोमबार सुदूरपश्चिममा सार्वजनिक बिदा

गौरा पर्वको अवसरमा सार्वजनिक बिदा

सुदूरपश्चिममा सार्वजनिक बिदा

धनगढी: सरकारले सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक, सांस्कृतिक पर्व गौराको अवसरमा भदौ १४ गते सार्वजनिक बिदा दिएको छ । सङ्घीय सरकारले राजपत्रमा प्रकाशित सूचना अनुसार १४ गते सोमबार गौरा पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको हो ।

गौराको अवसरमा सुदूरपश्चिम प्रदेशमा मात्रै बिदा दिएको सङ्घीय सरकारले सोही दिन श्रीकृष्ण जन्माष्टमी पर्व पनि परेपछि देश भरी नै बिदा दिने निर्णय गरेको बताइएको छ । प्रदेश सरकारले भने गौरा पर्वमा छुट्टै बिदा दिएको छैन । सुदूरपश्चिम प्रदेश सरकारले २०७८ सालमा ६ दिन सार्वजनिक बिदा दिएको छ । २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धी सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको थियो ।

प्रदेश सरकारको निर्णयअनुसार भदौ १४ गते कृष्ण जन्माष्टमी पर्व, भदौ २७ गते अटबारी पर्व (कैलाली र कञ्चनपुर), असोज ३१ गते (दशैँको थप एक दिन), पुस १८ गते भुवा पर्व (अछाम, बाजुरा र बझाङ), माघ २ गते (माघीको थप एक दिन) र चैत ११ गते खखडेहरा पर्व (कैलाली र कञ्चनपुर) मा सार्वजनिक बिदा दिइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार