बैतडीको खोलचेक बजार नजिक स्कारपियो दुर्घटना !

स्कारपियो दुर्घटना

स्कारपियो दुर्घटना

धनगढीः दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको स्कारपियो दुर्घटना भएको छ। गोकुलेश्वारदेखि महेन्द्रनगर आउँदै गरेको बा १२ च ४२४० नम्बरकाे स्कारपियो दुर्घटना भएको हो।

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ खोलचेक बजार नजिकै सडकबाट चिप्लिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता दर्शन खड्काले बताए।

उनका अनुसार स्कारपियो सडक भन्दा एक सय मिटर तल खसेको छ। उक्त स्कारपियोमा चालकसहित २ जना सवार थिए। उनीहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार