एकीकृत समाजवादीले मन्त्री बन्न तीन मापदण्ड तोक्यो

नेकपा (एकीकृत समाजवादी) पार्टी

एकीकृत समाजवादीले मन्त्री बन्न तीन मापदण्ड तोक्यो

नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा जाने मन्त्री बन्न मापदण्ड तय गरेको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारको मन्त्रिपरिषदमा सहभागी हुन तीन मापदण्ड तय गरिएको नेता बेदुराम भुसालले जानकारी दिनुभयो । मापदण्ड अनुसार पार्टीका तर्फबाट मन्त्री चयन गर्दा भूगोल, समावेशीता र नयाँ पुराना पुस्ताबीचको सन्तुलन कायम गरिनेछ ।

मन्त्रिपरिषद् विस्तारबारे सोमवार सत्तारुढ गठबन्धनका नेताहरुबीच बालुवटारमा छलफल भएको थियो । तर मन्त्रीको संख्या र मन्त्रालयबारे सहमति नजुट्दा छलफल निष्कर्षविहीन बनेको थियो ।

यसबारेमा मंगलवार पनि गठबन्धनका दलहरुबीच छलफल हुने बताइएको छ । बुधबारसम्म मन्त्रिपरिषद् विस्तार गरिने नेताहरुले बताएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार