एमाले एकता कायम राख्न आग्रह

नेकपा एमाले

नेकपा  (एमाले) को केन्द्रीय लेखापरीक्षण आयोगले पार्टी एकता कायम राख्न अपिल गरेको छ ।

आयोगका अध्यक्ष डा पुष्प कँडेलको अध्यक्षतामा आज भएको एघारौँ पूर्ण बैठकले आम नेपाली जनताको भावनाबमोजिम पार्टीमा एकताबद्ध रहन र विभाजनको क्षतिलाई सकेसम्म न्यूनीकरण गर्न आफ्ना तर्फबाट सक्दो योगदान गर्न आग्रह गरेको हो ।

पार्टीबाट बहिर्गमित हुँदै गरेका सम्पूर्ण नेता, कार्यकर्ता र पार्टी सदस्यलाई समेतलाई १० बुँदे सहमतिलाई प्रस्थान विन्दु बनाउँदै पार्टीको बृहत्तर एकताको प्रवाहमा पुनः सामेल हुन आयोगले अपिल गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार