यस्तो छ ? मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुनी वायुको प्रभाव

मौसम पूर्वानुमान
सांकेतिक तस्बिर

धनगढीः हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण मङ्गलवार देशभरका अधिकांश स्थानमा बदली रही प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

यस्तै मङ्गलवार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै राति देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसै गरी बागमती प्रदेशका एक दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार