बन्लान त गगन थापा महामन्त्री ?

Gagan THapa

कांग्रेस नेता गगन थापाले पार्टीको आगामी १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सोमबार काठमाडौं महानगरपालिका–३० मा आयोजित एक कार्यक्रममा उनले भने, ‘वडामा आयोजित कार्यक्रमबाट मैले महामन्त्री पदमा उठ्ने घोषणा गरेको छु। मेरै वडा र अग्रजहरूका बीचमा गौरवसाथ यो घोषणा गरेको हुँ।’

आफ्नो क्षेत्रबाट सुरु गरेको कामले सफलता पाएको उनले बताए। ‘उम्मेदवारी घोषणाका लागि यो ठाउँभन्दा अर्को पवित्र ठाउँ छैन,’ उनले भने। आफूलाई अग्रज तथा शुभेच्छुकबाट सहयोग मिल्ने अपेक्षा गरेको पनि उनले बताए।

कांग्रेसको १३ औं महाधिवेशनमा पनि उनी महामन्त्री पदमै चुनाव लडेका थिए। त्यतिखेर उनले अर्जुननरसिंह केसी र शशांक कोइरालासँग प्रतिस्पर्धा गरेका थिए। शशांक विजयी भएका भए। उक्त महाधिवेशनमा नेता थापाले कांग्रेसको तेस्रो धार कृष्ण सिटौला समूहबाट चुनाव लडेका थिए। यो समाचार आजको नागरिक दैनिकमा छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार