मस्त निद्रा लाग्छ भनेर मख्ख नपर्नुस्, याे पनि हाे राेग !

दिउँसो सुत्दा

विश्वभर करिब एक तिहाई मानिसहरु निद्रामा समस्या भएकाले चिन्तित छन् । तर, केही मानिसहरु पनि छन् जसलाई निद्रा समयमा आउँछ र, कतिपयलाई त काममा मन पनि लाग्दैन, सुतौँ सुतौँजस्तो भइरहेको हुन्छ । यो पनि स्वास्थ्य समस्या नै हो । यसलाई हाइपरसोम्निया भनिन्छ ।

हाइपरसोम्निया एउटा निद्राको डिसअर्डर नै हो । जसलाई राती अत्यन्त निद्रा आउँछ र विहान उठ्न गाह्रो हुन्छ, उनीहरुलाई हाइपरसोम्निया भएको हुनसक्छ । यसबाट पीडित अधिकांश मानिसहरुलाई दिउँसो पनि निद्रा लाग्छ । यस्तो खालका समस्या दुई थरी हुन्छन् । लगातार थकाई लाग्नु र जतिबेला पनि निद्रा लाग्नु, सुतेर उठ्दा पनि ऊर्जावान महसुस नहुनु यसका समस्या हुन् । यस्तो समस्या हुने कतिपयलाई भोक पनि कम लाग्न सक्छ ।

यस्तो समस्या चाहिँ ती व्यक्तिहरुमा देखिन्छ जो लामो समयसम्म रातभर काम गर्छन् वा सुत्ने एउटा निश्चित रुटिन बनाउँदैनन् । क्याफिनको सेवन बढी भयो भने पनि यस्तो समस्या देख्न सकिन्छ ।

निद्रामा यस्तो समस्या देखियो भने डायबिटिज हुने, डिप्रेशनको शिकार हुने, मोटोपना बढ्ने समस्याहरु देखिन सक्छन् ।

यस्तो समस्या देखिन थालेको छ भने चाहिँ आठ घन्टाभन्दा बढी नसुत्ने, समयतालिका बनाएर सुत्ने पौष्टिक खाना खाने तथा क्याफिन हुने कफीलगायतका पेय पदार्थ कम पिउने गर्नुपर्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार