SKIP THIS

धनगढी उप-महानगरपालिका

जनपत्रकार संगठन नेपाल कैलालीको प्रथम जिल्ला भेला सम्पन्न

९ सदस्यीय नयाँ कार्यसमिति चयन

जनपत्रकार संगठन नेपाल कैलालीको प्रथम जिल्ला भेला सम्पन्न

धनगढी : जनपत्रकार संगठन नेपाल कैलालीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । संगठनले बिहीबार सुखडमा एक कार्यक्रम गर्दै भेला सम्पन्न गरेको छ ।

उक्त सम्पन्न जिल्ला भेलाले ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओम प्रकाश पुनको प्रमुख आतिथ्यमा सुरु भएको भेला कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव दीपेन्द्र चलाउने, जनपत्रकार संगठन नेपालका सुदूरपश्चिम संयोजक प्रकाश थापा, लगायत को उपस्थिति रहेको थियो र उक्त भेलाको जनपत्रकार संगठन नेपाल कैलालीका निवर्तमान संयोजक लोकेन्द्र थापाको अध्यक्षतामामा विभिन्न सञ्चार गृहमा आबद्ध पत्रकार लगायतको सहभागिता रहेको थियो ।

संगठनको नयाँ कार्य समितिको अध्यक्षमा राजन जैगडी, उपाध्यक्ष पुष्पा साउँद, सचिव टीकारा साँउद चयन भएका छन् । त्यस्तै सदस्यमा दीर्घ शाही, पृथ्वी लुहार, दिनेश बोहरा, प्रविन बडायक, अनिल चौधरी र उत्तम उपाध्याय चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि पुनले भने,अहिले नेपालमा जति पनि पत्रकार र सञ्चार गृहहरू छन् सबै कुनै न कुनै पार्टी सँग आबद्ध छन् । कुनै पनि पत्रकारले जनताको समस्या र शोषित जनताको पक्षमा समाचार लेख्दैन कार्यक्रममा बोल्दै प्रमुख अतिथि ओम प्रकाश पुनले भन्नु भयो । सत्य तथ्य र निष्पक्ष सूचना सम्प्रेषण गर्नु पत्रकारको दायित्व हो ।

तर, अहिलेका पत्रकारले आफ्नो कर्तव्य बिर्सिएर जनताको आवाज नभई कुनै पार्टीका नेता कार्यकर्ताको आवाज लाई प्राथमिकतामा राख्ने गरेका छन् । उहाँले भन्नु भयो ‘जनपत्रकार संगठन नेपालमा आबद्ध पत्रकारहरूले समाजमा भएका समस्या आवाज विहीन नागरिकको आवाज बोल्नु पर्छ । पत्रकारले कुनै पार्टीमा आस्था राख्न पाउँछ तर उसले आफ्नो दायित्व भुलेर काम गर्नु हुँदैन ।’

समाजमा रहेका गरिब, पीडित, शोषित वर्गहरूका समस्यालाई आफ्नो कलमको मध्यमबाट उजागर गर्दै जनताको हक हित र अधिकारका लागि पत्रकारिता गर्नु पर्नेमा उहाँले जोड दिनु भयो । हामी अहिले डिजिटल युगमा छौ हामी सबै लेख्न र बोल्न सक्छौ त्यसैले हामी सबै पत्रकार हौँ तर फरक यत्ति हो कसले कसरी सूचना सम्प्रेषण गरिरहेको छ भन्ने मात्र हो ।

उहाँले भन्नु भयो ‘सबै पत्रकारले गलत लेख्दैनन् सबै पत्रकार गलत हुँदैनन् तर अधिकांश पत्रकारले घटनालाई तोडमोड गरी आफ्नै शैलीमा ढालेर समाचार लेख्न खोज्दा समाजका सर्वसाधारण नागरिकले गलत सूचना पाउँछन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार