मनहरा नदीमा बेपत्ता दुई बालक मृत फेला

बालक मृत फेला

अत्तरिया :  मनहरा नदीमा बेपत्ता भएका बालक मृत फेला परेका छन् ।

शुक्रबार दिउँसो २ बजे कैलालीको गोदावरी नगरपालिका वडा नं १ मा रहेको नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई बालकको खोजी गर्दै जादाँ राति मृत फेला परेका हुन् ।

मृत्यु हुनेमा बर्ष १० का योगेन्द्र थापा र बर्ष १४ का अयुग थापा रहेका ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । दिउँसो नदीमा नुहाउन गएका दुवै जना घरमा नफर्किएपछि स्थानियले खोजी गर्दै दुवैका लुगा नदीको किनारमा भेटिएको थियो ।

त्यसपछि ईलाका प्रहरी कार्यालय मालाखेतीवाट नेपाल प्रहरी , सशस्त्र प्रहरी बैजनाथ बाहिनीवाट सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली दुवै बालकको खोजीमा घटनास्थल पुगेका थिए ।

नदीको छेउमा रहेको कपडाको आधारमा खोजी गदै जादाँ कपडा भेटिएको १० मिटर टाढाँ अन्दाजी ११ बजेतिर सशस्त्र प्रहरीको गोताखोर टोलीले दुवै बालकको शव नदीवाट निकालेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी शाहीले जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार