कमल थापा भन्छन्, ‘निर्वाचन प्रणालीमा सुधार हुनुपर्छ’

कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचन प्रणालीमा सुधार हुनुपर्ने धारणा राखेका छन् । अहिलेको खर्चिलो निर्वाचन प्रणालीले राजनीतिलाई भ्रष्टाचार तर्फ उन्मुख गराउने उनको भनाइ छ ।

मकवानपुर क्षेत्र नम्बर २ प्रदेश “ख” पार्टी कार्यालयको मनहरीमा उद्घाटन गर्दै थापाले अहिलेको शासन प्रणाली मुलुकको लागि अनावश्यक बोझ भएको समेत बताए । उनले धर्मनिरपेक्षता र संघीयता खारेज हुनुपर्ने धारणा समेत राखे।

करोडौं खर्च गरेर चुनाव जित्नेहरुको ध्याउन्न कमाउने तर्फ केन्द्रित हुने भन्दै थापाले राजनीतिलाई कमाई खाने माध्यम बनाउन दिन नहुने तर्फ मतदाता सजग हुनुपर्ने बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार